बैशाख २७, २०८१, बिहीबार
               

लिदी पहिरो : १५ बालबालिकासहित ३३ जनाको शव फेला

नेपाल फ्ल्यास
भदौ ०७, २०७७

ADVERTISEMENT

सिन्धुपाल्चोक ।  दश दिनअघि सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदी पहिरोमा बेपत्ता भएकामध्ये आज थप एक जनाको शव फेला परेको छ । आज एक महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

आज ७२ वर्षीया एकल महिला वाङ्ची ल्हामो दोङको शव फेला परेको काफ्लेले जानकारी दिए । योसँगै पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या ३३ पुगेको छ भने ६ जना अझै बेपत्ता छन् । हालसम्म शव फेला परेकामध्ये १६ पुरूष र १७ महिला छन् । तीमध्ये १५ बालबालिका मात्रै छन् ।

 सशस्त्रका निरीक्षक शितल श्रेष्ठ, नेपाल प्रहरीका निरीक्षक हरि भट्टराई तथा सेनाका क्याप्टेन शैलेन्द्र बिष्टको नेतृत्वमा बेपत्ताहरूकाे खोजी भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि