बैशाख २७, २०८१, बिहीबार
               

क्यान्सर अस्पतालका थप पाँच नर्समा कोरोना संक्रमण

नेपाल फ्ल्यास
भदौ ०७, २०७७

ADVERTISEMENT

चितवन । चितवनस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका थप पाँच जना नर्समा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा आज (आइतबार) गरिएको परीक्षणमा क्यान्सर अस्पतालका थप पााँच जना नर्समा कोरोना देखिएको हो ।

क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमका अनुसार संक्रमित पाँचै जना नर्स होम आइसोलेसनमा छन् ।

योसँगै क्यान्सर अस्पतालमा मात्र कोरोना संक्रमित नर्सको संख्या १६ पुगेको छ । यस्तै अस्पतालका अन्य पाँच जना कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको छ ।

यसैबीच, भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा तनहुँ र सर्लाहीका १–१ जनामा कोरोना संक्रमण देखिएको छ ।

तनहुँकी एक महिला र सर्लाहीका एक पुरूषको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।


कस्तो लाग्यो ?

यो पनि