बैशाख २८, २०८१, शुक्रबार
               

उपाध्यक्ष ढुंगेललाई कोरोना संक्रमण

नेपाल फ्ल्यास
भदौ ०७, २०७७

ADVERTISEMENT

ओखलढुङ्गाको लिखु गाँउपालिका उपाध्यक्ष शान्ता ढुंगेललाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।

उनी गाउँपालिकामा कोरोना  रोकथामका लागि सचेतना फैलाउन, क्वारेन्टाइन व्यवस्थापन गर्न र  संक्रमितको उपचारको व्यवस्थापनमा खटिदै आएकी थिइन् ।

गाउँपालिकाको कामको सिलसिलामा काठमाडौं जाँदा उनको स्वास्थ्यमा समस्या देखिएको थियाे । त्यसपछि उनको स्वाब संकलन गरी पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेजिभ आएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिए ।

उपाध्यक्ष ढुंगेल होम आइसोलेसनमा छिन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेकाे बताइएको छ ।

'स्वास्थ्यमा खासै समस्या छैन । घरैमा बसेर आराम गरिरहेकी छु । छिट्टै कोरोनालाई जितेर गाउँपालिकाको काममा फर्किने छु', उनले भनिन् ।

यसअघि जिल्लाका जनप्रतिनिधिमा कोरोना संक्रमण देखिएको थिएन । लिखु गाउँपालिकामा कोरोनाको संक्रमण देखिएको थियो । जिल्लामा अहिले दुई जना सक्रिय संक्रमित छन् । उनीहरुको जिल्ला अस्पताल रुम्जाटारमा उपचार भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि