बैशाख २८, २०८१, शुक्रबार
               

महाराजगञ्ज प्रहरी वृत्तका थुनुवासहित पाँच प्रहरीमा कोरोना संक्रमण

नेपाल फ्ल्यास
भदौ ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा एक थुनुवासहित पाँच जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

यसअघि कर्तव्य ज्यान मुद्दाका एक आरोपी (थुनुवा) मा कोरोना संक्रमण पुष्टि भएको थियो । 

ती अभियुक्तमा संक्रमण देखिएपछि गरिएको कन्ट्याक ट्रेसिङका आधारमा थप पाँच जना प्रहरीलाई पनि संक्रमण देखिएको हो । 

संक्रमित अभियुक्तलाई जोरपाटीस्थित नेपाल मेडिकल कलेज भर्ना गरिएको छ । 

संक्रमित प्रहरीलाई भने नेपाल प्रहरी अस्पतालमा भर्ना गरिएको काठमाडौं प्रहरी प्रमुख (एसएसपी) श्यामलाल ज्ञवालीले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि