बैशाख २७, २०८१, बिहीबार
               

कोरोनाका बिरामी भर्ना लिन स्वास्थ्य मन्त्रालयको अनुमति अनिवार्य

नेपाल फ्ल्यास
भदौ ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) का बिरामी भर्ना लिँदा मन्त्रालयको सिफारिस लिन र समन्वय गर्न निर्देशन जारी गरेको छ ।

स्वास्थ्य मन्त्रालयले ‘कोभिड–१९ का बिरामी भर्ना सम्बन्धमा’ शुक्रबार जारी गरेको निर्देशनअनुसार काठमाडौं उपत्यकाका सबै अस्पतालले कोरोना भाइरसका बिरामी भर्ना लिँदा मन्त्रालयको हेल्थ इमजेन्सी अपरेसन सेन्टर(एचइओसी) टिमसँग सिफारिस लिनुपर्ने र समन्वय गर्नुपर्नेछ ।

निर्देशनमा भनिएको छ ‘अस्पतालमा कोभिड–१९ को लागि छुट्याइएका आइसोलेसन तथा आइसियू बेडमा बिरामी भर्ना गर्नुपर्दा यस मन्त्रालयको एचइओसीको क्लिनिकल मेनेजमेन्ट टिमको तपसिल बमोजिमका सम्पर्क नम्बरहरूबाट हुने सिफारिस र समन्वयमा मात्र भर्न गर्नुहुन निर्देशन गरिन्छ ।’

यस्तो सिफारिस र समन्वयका लागि चित्सकको नाम र फोन नम्बर पनि दिइएको छ । यसैगरी, एचइओसी कल सेन्टरका नम्बरहरू पनि दिइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ का बिरामीको उपचारका लागि भनेर विशेष अस्पतालहरू तोकेको छ ।


कस्तो लाग्यो ?

यो पनि