बैशाख २७, २०८१, बिहीबार
               

चिकित्सक, सेना, प्रहरीसहित थप १५६ जनामा कोरोना संक्रमण

नेपाल फ्ल्यास
भदौ ०७, २०७७

ADVERTISEMENT

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर ल्याबमा गरिएको परीक्षणमा थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमित पर्सा र बाराका हुन् ।

पर्साका १४५ जना र बाराका ११ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये ३४ जना महिला छन् । संक्रमितहरु तीन वर्षदेखि ७० वर्ष उमेरका छन् ।

नेशनल मेडिकल कलेज, भवानी र तराई हस्पिटलका गरी पााँच जना चिकित्सकलाई समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै जिल्ला प्रहरी कार्यालयका कर्मचारी, नारायणी एफएमका कर्मचारी र जीतपुर आर्मी ब्यारेकका नेपाली सेनाको समेत कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

यसअघि पर्सामा १ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने संक्रमित २८ जनाको मृत्यु भइसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि