बैशाख २७, २०८१, बिहीबार
               

मास्कको नयाँ नियमः कुन उमेरका व्यक्तिले कस्तो मास्क लगाउने ?

एजेन्सी
भदौ ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले १२ वर्षमाथिका बालबालिकाहरूले पनि अनिवार्य मास्क लगाउनुपर्ने बताएको छ ।

१२ वर्षभन्दा माथिकालाई मास्क लगाउने विषयमा नयाँ नियम जारी गर्दै डब्ल्युएचओले १२ वर्षमाथिका बालबालिकालाई पनि वयस्कहरुले जस्तै अनिवार्य मास्क लगाउन आग्रह गरेको हो ।

वयस्कहरुमा जुन–जुन देशमा मास्कसम्बन्धी नियम लागु भएको छ, त्यही नियम १२ वर्षदेखि माथिका बालबालिकाहरुमा पनि लागु गर्न डब्ल्युएचओले आग्रह गरेको हो ।

यस्तै पाँच वर्ष वा सोभन्दा कम उमेरका बालबालिकालाई मास्क नलगाइदिन डब्ल्युएचओले अनुरोध गरेको छ ।

यसैगरी ६ देखि ११ वर्षका बालबालिकाहरूले भने मास्क लगाउन सक्ने डब्ल्युएचओले जनाएको छ । उनीहरुलाई मास्क कसरी लगाउने र कसरी निकाल्ने भन्ने कुरा राम्रोसँग सिकाउन संगठनले अभिभावकहरूलाई आग्रह गरेको छ ।

बालबालिकाले कोरोना भाइरस संक्रमण कति फैलाउँछन् भन्ने अझै स्पष्ट भइनसकेको बताउँदै उनीहरुबाट पनि कोरोना संक्रमण फैलने खतरा रहेको डब्ल्युएचओले जनाएको छ ।

साथै संगठनले ६० वर्षभन्दा कम उमेरका व्यक्तिलाई कपडाको मास्क प्रयोग गर्न सुझाव दिएको छ । ६० वर्षभन्दा माथि र अन्य कुनै रोग भएकाहरुले भने मेडिकल मास्क लगाउन डब्ल्युएचओले सुझाव दिएको छ ।


कस्तो लाग्यो ?

यो पनि