बैशाख २७, २०८१, बिहीबार
               

२२ जना प्रहरीसहित ३० जनामा कोरोना संक्रमण

नेपाल फ्ल्यास
भदौ ०७, २०७७

ADVERTISEMENT

सिरहा । प्रदेश २ को सिरहामा थप ३० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेहरुमा २४ देखि ५३ वर्ष उमेरका पुरुषहरु रहेको बताइएको छ । 

प्रहरी र थुनुवाहरुमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला  स्वास्थ कार्यालय सिरहाले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय लहानका २२ जना प्रहरी र ८ जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले जानकारी दिए ।

संक्रमित सबैलाई प्रहरी कार्यालयको आइसोलेसनमा राखिएको छ ।


कस्तो लाग्यो ?

यो पनि