बैशाख २८, २०८१, शुक्रबार
               

चन्दा उठाएर विराटनगरमा पीसीआर मेसिन खरिद

नेपाल फ्ल्यास
भदौ ०६, २०७७

ADVERTISEMENT

विराटनगर । विराटनगर महानगरपालिकामा कोरोना परीक्षणदर बढाउन चन्दा संकलन गरी  पीसीआर मेसिन खरिद गरिएको छ । समुदायमै कोरोना संक्रमण फैलिएपछि परीक्षण दर बढाउन महानगरले चन्दा संकलन गरेर पीसीआर मेसिन खरिद गरेको हो ।

कोशी अस्पताल विराटनगरको प्रयोगशालामा स्थापना गर्नेगरी कायाजन ७२ बेल कम्पनीको पीसीआर मेसिन खरिद गरिएको महानगर प्रमुख भीम पराजुलीले जानकारी दिएका छन्‌ । मेसिन खरिदको लागि महानगर प्रमुख पराजुलीले आफ्नो एक वर्षको सुविधावापतको ५ लाख रुपैयाँ प्रदान गरेका छन् ‌। त्यसबाहेक उद्योगी-व्यवसायी र दाताहरूले रकम जम्मा गरेर मेसिन खरिद गरिएको महानगरले जनाएको छ ।

प्रदेश सरकार मातहत सञ्चालनमा रहेका प्रयोगशालामा महानगरबासीको निकै थोरै स्वाब परीक्षण भएको र ७ दिनसम्म परीक्षणको रिपोर्ट नआउने समस्या रहँदै आएको थियो । 'मेसिन खरिदसँगै अब नगरबासीको स्वाब परीक्षण सहज हुनेछ,' मेयर पराजुलीले भने, ‘तीव्र गतिमा पीसीआर परीक्षणको काम हुनेछ, जसले गर्दा कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि पनि सहयोग पुग्नेछ।’ महानगरले खरिद गर्दा टेण्डर गर्नुपर्ने र समय धेरै लाग्ने भएपछि आफ्नै पहलमा सहयोगी जुटाएर मेसिन खरिद गरिएको उनको भनाइ छ ।

खरिद गरिएको मेसिन शनिबार विराटनगर आइपुग्ने र लगत्तै महानगरलाई हस्तान्तरण गरिनेछ । त्यसपछ महानगरले सो मेसिन सञ्‍चालन गर्न कोशी अस्पताललाई हस्तान्तरण गर्नेछ ।  


कस्तो लाग्यो ?

यो पनि