बैशाख २१, २०८१, शुक्रबार
               

गण्डकीमा थपिए २४ संक्रमित

नेपाल फ्ल्यास
भदौ ०६, २०७७

ADVERTISEMENT

पोखरा । गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको छ। योसँगै गण्डकीमा जम्मा संक्रमितको संख्या एक हजार ८६८ पुगेको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबा बिहान जारी गरेको प्रेस विज्ञप्ति अनुसार थपिएका संक्रमितमध्ये कास्कीका १६ जना छन् ।

यस्तै, नवलपरासी पूर्वका तीन, स्याङ्जा तथा तनहुँका दुईरदुई जना र बाग्लुङका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उनीहरुको कास्कीस्थित प्रदेश क्षयरोग केन्द्र तथा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा संक्रमण पोजेटिभ देखिएको निर्देशनालयले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि