बैशाख २१, २०८१, शुक्रबार
               

भारतमा कति पुग्यो मृतकको संख्या ?

एजेन्सी
भदौ ०६, २०७७

ADVERTISEMENT

भारतमा कोरोनाको संक्रमण तीव्र गतिमा बढीरहेको  छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार गएको २४ घण्टामा कोरोना संक्रमणबाट ९४५ जनाको मृत्यु भएको छ । 

योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या ५५ हजार नाघेको छ । भारतमा अहिलेसम्म ५५ हजार ७९४ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

यसैबीच भारतमा पछिल्लो २४ घण्टामा ६९ हजार ८७८ जना संक्रमित थपिएका छन् ।

योसँगै भारतमा २९ लाख ७५ हजार ७०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतमा अहिलेसम्म २२ लाख २२ हजार ५७८ जना संक्रमित निको भएका छन् । ६ लाख ९७ हजार ३३० संक्रमित उपचारत छन् ।

यस्तै भारतमा कुल ३ करोड ४४ लाख ९१ हजार ७३ नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा १० लाख २३ हजार ८३६ नमुना परीक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।

भारत धेरै संक्रमित हुने देशको सूचीमा अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा  छ ।


कस्तो लाग्यो ?

यो पनि