बैशाख २१, २०८१, शुक्रबार
               

नेता नेपालको सुरक्षामा खटिने सुरक्षाकर्मीहरुमा कोरोना संक्रमण

नेपाल फ्ल्यास
भदौ ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षामा खटिने ९ जना सुरक्षाकर्मीमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । 

नेता नेपालका परिवारका सदस्य र उनको सुरक्षामा खटिएका सशस्त्र प्रहरीको स्वाब परीक्षण गर्दा ९ जना सुरक्षाकर्मीमा कोरोना पोजिटिभ देखिएको हो ।

नेता नेपालका पिएसओ र पछुवा गाडीको चालकसहित उनको सुरक्षामा खटिने सशस्त्र प्रहरीका ९ जनामा शनिबार कोरोना पुष्टि भएको हो ।

नेपालका स्वकीय सचिव मोहन गौतमका अनुसार नेपाल परिवार र उनको सुरक्षामा खटिने सुरक्षाकर्मीको गरी ३३ जनाको शुक्रबार स्वाब संकलन गरिएको थियो ।

कोरोना संक्रमित सबै सुरक्षाकर्मीलाई आइसोलेसनमा राखिएको छ । 

नेपालको परिवारका सबै जान सदस्यहरुको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । 

यसअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा खटिने ६ जना सुरक्षाकर्मीमा समेत कोरोनाभाइरस संक्रमण देखिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि