बैशाख २१, २०८१, शुक्रबार
               

थप ३३ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल फ्ल्यास
भदौ ०६, २०७७

ADVERTISEMENT

चितवन । भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परिक्षणमा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

शुक्रबार राति गरिएको परीक्षणमा चितवनको भरतपुर, रत्ननगर र राप्तीका २० जना र पूर्वी नवलपरासी, मकवानपुर, बारा, रौतहट, पर्सा, र मकवानपुरका गरी १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै १६ जना छन् । जसमा ७ जना पुरुष र ९ जना महिला छन् । उनीहरुको भरतपुर अस्पताल र भरतपुर सामुदायिक हस्पिटलबाट स्वाब लिईएको थियो । भरतपुर-२, ७, १० र ११ नम्बर वडाका संक्रमितहरु तीन वर्षीया बालिकादेखि ७८ वर्षीय वृद्धसम्मका रहेका छन् ।

यस्तै रत्ननगर नगरपालिकाका ५० वर्षीय पुरुष, राप्ती नगरपालिका-२, ८ का ३५ वर्षीय पुरुष र २६ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु चितवन मेडिकल कलेजको क्वारेन्टाइनमा छन् ।

यसैबीच भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा नै गरिएको परिक्षणमा पूर्वी नवलपरासी, मकवानपुर, बारा, पर्सा र रौतहटका गरी ६ पुरुष र २ महिलासहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै बाँकेको नेपालगञ्जका पाँच जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

चितवनमा शुक्रबार राति कुल २७० वटा नमुना परीक्षण गरिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि