बैशाख २१, २०८१, शुक्रबार
               

काठमाडौं उपत्यका क्वारेन्टाइन व्यवस्थापन समिति गठन

नेपाल फ्ल्यास
भदौ ०५, २०७७

ADVERTISEMENT

काठमाडौं ।   गृहसचिवकाे संयाेजकत्वमा सरकारले  काठमाडौं एकीकृत क्वारेन्टाइन व्यवस्थापन समिति गठन गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले  उपत्यकाकाे ३ वटै जिल्लाकाे एकीकृत क्वारेन्टाइनको प्रवन्ध तथा व्यवस्थापन गर्न समिति गठन गरेको हो ।

गृह मन्त्रालयका सचिव संयोजक रहनेगरी गठन गरिएको उक्त समितिमा विभिन्न मन्त्रालयका उच्च तहका कर्मचारी सदस्य रहेका छन् ।

समितिले  क्वारेन्टाइन स्थलको पहिचान, सञ्चालन र व्यवस्थापन गर्ने, क्वारेन्टाइन स्थलको निर्माण, मर्मत लगायतका अत्यावश्यक कार्य सहरी विकास तथा भवन निर्माण विभाग मार्फत गर्ने, एकीकृत क्वारेन्टाइनको सुरक्षा व्यवस्थापन नेपाली सेनाले गर्ने बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि