बैशाख २१, २०८१, शुक्रबार
               

सरकारले अब कोरोनाको लक्षण देखिएकालाई मात्र अस्पताल भर्ना गर्ने

नेपाल फ्ल्यास
भदौ ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारले अब कोरोनाको लक्षण भएका संक्रमितलाई मात्र अस्पताल भर्ना गर्ने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकअनुसार अब कोरोना भाइरस संक्रमणको लक्षण देखिएकालाई मात्र कोभिड–१९ उपचारका लागि तोकिएको अस्पतालहरुमा राखिनेछ । 

पछिल्लो समय संक्रमण बढेसँगै अस्पतालमा बेड अभाव हुन थालेपछि सरकारले लक्षण भएकाहरुलाई मात्र अस्पताल भर्ना गर्ने निर्णय गरेको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार लक्षण नभएका संक्रमितलाई आइसोलेसन सेन्टरमा राखिनेछ । जसका लागि काठमाडौं उपत्यकामा ६ हजार बेडको आइसोलेसन सेन्टर बनाउने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । 

तर, लक्षण नभएका तथा सामान्य लक्षण भएकाहरु होम आइसोलेसनमा बस्न सक्नेछन् । जसका लागगि स्वास्थ्य मन्त्रालयले तोकेको निकायले अनुमति लिनुपर्नेछ । र, त्यसको अनुगमनको जिम्मा स्थानीय तहलाई दिइने सरकारका प्रवक्ता खतिवडाले जानकारी दिए ।  यसका अलवा उनले प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयहरुले जोखिम मूल्यांकन गरी आइसोलेसन सेन्टरहरु बनाउन सक्ने पनि बताए । 

त्यसैगरी, उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचारका लागि निजी अस्पताल, मेडिकल कलेज वा प्रतिष्ठानले कोभिड अस्पताल बनाउन सक्ने निर्णय भएको जानकारी दिए । 

यो पनि