बैशाख २१, २०८१, शुक्रबार
               

नेपालमा पछिल्लो २४ घण्टामा थप २५० जना कोरोना संक्रमणमुक्त

नेपाल फ्ल्यास
भदौ ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २५० जना कोरोना संक्रमणमुक्त भई घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १८ हजार २१४ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएका हुन् ।बिहीबार तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १७ हजार ९६४ थियो ।मन्त्रालयका अनुसार शुक्रबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १३७  पुगेको छ ।

त्यसैगरी, पछिल्लो २४ घन्टामा नेपालमा कोरोनाका कारण थप ११ जनाको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा योसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १३७ पुगेको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले  शुक्रबार नियमित लाइभ अपडेटका क्रममा सो जानकारी दिएका हुन् ।

उनका अनुसार एक महिला र १० पुरुष गरी ११ जनाको मृत्यु भएको छ । शुक्रबार ज्यान गुमाउनेमा मोरङ, पर्सा, सप्तरी, बारा, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्यूठानका छन् । 


कस्तो लाग्यो ?

यो पनि