बैशाख १५, २०८१, शनिबार
               

वीरगञ्जमा थप ५३ जनामा कोरोना पुष्टि

नेपाल फ्ल्यास
भदौ ०४, २०७७

ADVERTISEMENT

पर्सा । वीरगञ्जमा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पताल वीरगञ्जले बुधबार राति सार्वजनिक गरेको पीसीआर रिपोर्टअनुसार १० महिलासहित ५३ जनामा संक्रमण देखिएको हो । 

संक्रमितमध्ये एक जना बाराका वृद्ध छन् भने बाँकी ५२ जना पर्साको वीरगञ्ज बहुदरमाई नगरपालिका, पोखरीया नगरपालिका, धोबिनी गाउँपालिका र त्रिजुद्ध आइसोलेसनमा बस्ने सबैको संकलित स्वाबको नतिजा भएको बताइएको छ ।

नारायणी अस्पतालका अनुसार बुधबार दिनभरमा चार सय ५० नमुना परीक्षण गर्दा ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । 

यसअघि पोजेटिभ देखिएकाको कन्ट्याक्ट ट्रेसिङमा गरेका व्यक्तिमा कसैलाई ज्वरो, सुक्खा खोकी र श्वासप्रश्वासमा समस्या नदेखिएका बिरामीको पनि कोरोना रिपोर्ट पोजेटिभ देखिएको उनले बताए ।


कस्तो लाग्यो ?

यो पनि