जेठ ०७, २०८१, सोमबार
               

कर्णालीमा प्रदेशसभा सदस्यसहित ४३ जनालाई काेरोना

नेपाल फ्ल्यास
भदौ ०३, २०७७

ADVERTISEMENT

सुर्खेत ।  कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशसभा सदस्यसहित ४३ जना कोरोना संक्रमित भेटिएका छन् । 

सुर्खेतको प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पतालको प्रयोगशालामा गरिएको पछिल्लो पिसिआर परीक्षणबाट बुधबार थप ४३ जनामा संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाले जनाएको छ । 

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख चेतननिधि वाग्लेका अनुसार कर्णाली प्रदेशसभाका ५३ वर्षीय सांसदलाई पनि कोरोना संक्रमण देखिएको छ । यसैगरी दैलेखका एक क्याम्पस प्रमुखलाई पनि कोरोना संक्रमण देखिएको छ। 

थप संक्रमितमध्ये सल्यानका १७ जना, सुर्खेतका १० जना, जुम्लाका ९ जना, दैलेखका ४ जना, बाँके, डोल्पा र कास्कीका एक/एक जना रहेका सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक वृषबहादुर शाहीले जनाएका छन् । 

महाशाखाका अनुसार सल्यानको वनगाड कुपिन्डे नगरपालिका वडा नम्बर १,२,३,४ र ५ का १० महिने बालकसहित ५ महिला र ११ जना पुरुष छन् । सुर्खेत चौकुने गाउँपालिका वडा ३, ४ र ५ का ५ महिला र वीरेन्द्रनगर नगरपालिका वडा ११ का एक महिलासहित ४ जना पुरुष  छन् ।  

यस्तै, दैलेखको दुल्लु नगरपालिका–६, एक जना पुरुष, चामुण्डा बिन्द्रासैनी नगरपालिका वडा नम्बर ३ र ७ का दुइ वर्षीय बालकसहित एक महिला र एक पुरुष, जुम्लाको हिमा गाउँपालिका वडा नम्बर १, ३, ४, ५ र ७ का एक महिला सहति ६ जना पुरुष, सिंजा गाउँपालिका ५ का एक पुरुष र चन्दननाथ नगरपालिका १ का ६० वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ ।  

जगदुल्ला गाउँपालिकाका ५, डोल्पाका एक जना पुरुष, मादी गाउँपालिकाका३, कास्कीका एक जना पुरुष र बैजनाथ गाउँपालिका ३ एक पुरुषमा संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ। 

यससँगै कर्णाली प्रदेशमा अहिलेसम्म संक्रमित संख्या २ हजार १३० पुगेको छ ।   


कस्तो लाग्यो ?

यो पनि