जेठ ०७, २०८१, सोमबार
               

पर्सामा थपिए नेपाली सेनासहित एक सय ४७ जना कोरोना संक्रमित

नेपाल फ्ल्यास
भदौ ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो समय पर्सा जिल्लामा एकै दिन नेपाली सेनासहित एक सय ४७ जना कोरोना संक्रमित थपिएका छन् । वीरगञ्जको नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा नेपाली सेनासहित एक सय ४७ जना कोरोना संक्रमित फेला परेको उक्त अस्पताल स्रोतले जनाएको छ ।

अस्पतालका डा. उदय नारायण सिंहका अनुसार थपिएका कोरोना संक्रमितहरुमा एक सय १ जना पुरूष र ४६ जना महिला रहेका छन् । यस्तै, संक्रमित हुनेमा ७ वर्षीय बालकदेखि ७० वर्षका वृद्ध पुरुषसमेत रहेको उनको भनाइ छ ।

गत मंगलबार राती प्रयोगशालमा गरिएको परीक्षणका क्रममा संक्रमण हुनेहरुमा बारा जिल्लाका ८ जना, पर्सा जिल्लाका १ सय ३८ जना र सप्तरी जिल्लाका १ जना सहित थप १ सय ४७ जनामा कोरोना संक्रमण फेला परेको हो ।


कस्तो लाग्यो ?

यो पनि