बैशाख २६, २०८१, बुधबार
               

चिनियाँ कोरोना खोप दोस्रो चरणको परीक्षणमा पनि सफलता नजिक

नेपाल फ्ल्यास
भदौ ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरसविरूद्धको चिनयाँ खोप दोस्रो चरणको परीक्षणमा पनि सफलता नजिक पुगेपछि वैज्ञानिकहरू उत्साहित भएका छन् ।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार कोरोनाविरूद्धको चिनियाँ खोप दोस्रो चरणको परीक्षणमा पनि आशाजनक र प्रभावकारी देखिएपछि त्यसको विकासमा संलग्न वैज्ञानिकहरू उत्साहित भएका हुन् ।

दोरो चरणको क्लिनिकल ट्रायलको ‘डाटा’ले खोप सुरक्षित र प्रभावकारी देखिएको र प्रतिरोधी क्षमता विकास गरेको चिनियाँ वैज्ञानिकहरूले दावी गरेका छन् ।

उक्त खोपको दोस्रो चरणको क्लिनिकल ट्रायलको ‘डाटा’ अमेरिकी मेडिकल एसोसिएसनको जर्नलमा प्रकाशन गरिएको छ । उक्त खोपको चिनियाँ नेसनल बायोटेक ग्रुपको वुहान इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट्सअन्तर्गत सिनोफार्मले विकास गर्दैछ ।

ट्रायलमा १८ देखि ५९ वर्ष उमेर समूहका ३२० जना स्वस्थ्य स्वयंसेवीलाई सहभागी गराइएको थियो । जसमध्ये ९६ जनाले पहिलो चरणमा तथा २२४ जना दोस्रो चरणको ट्रायलमा भाग लिएका थिए ।

जर्नलमा प्रकाशित विवरणअनुसार खोप लगाइएको भागमा दुखाइ भएर केही समय ज्वरो आए पनि  स्वतः निको भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि