बैशाख २७, २०८१, बिहीबार
               

बागमती प्रदेशकी उपसभामुखलाई कोरोना

नेपाल फ्ल्यास
भदौ ०१, २०७७

ADVERTISEMENT

मकवानपु्र । बागमती प्रदेशकी उपसभामुख राधिका तामाङलाई कोरोना संक्रमण पुष्टि भएकाे छ । सोमबार दिउँसो हेटौंडास्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रादेशिक प्रयोगशालाले काेरोना पुष्टि गरेको हो । आज आएको रिपोर्ट अनुसार उपसभामुख तामाङसहित १६ जनालाई सङ्क्रमण पुष्टि भएको छ । 

मकवानपुरमा कोरोना फैलिँदै गएपछि ३ दिनअघि उपसभामुख तामाङको स्वाब लिइएको थियो । त्यसअघि लिइएको स्वाबबाट पनि रिपोर्ट शंकास्पद आएपछि फेरि परीक्षण गरिएको थियो । सङ्क्रमण पुष्टि भएपछि उपसभामुख तामाङ हेटौंडास्थित सरकारी आवासमा सेल्फ आइसोलेशनमा रहेकी छन् । 

तामाङसँगै उनका छोरामा पनि कोरोना देखिएको स्वकीय सचिव एलिसा थापाले जानकारी दिइन् । उनकी स्वकीयसचिव थापाका अनुसार तामाङमा सामन्य रुघाखोकी देखिए पनि अन्य समस्या छैन ।    


कस्तो लाग्यो ?

यो पनि