बैशाख २६, २०८१, बुधबार
               

प्रदेश २ मा सोमबार थपिए १५८ जना संक्रमित

नेपाल फ्ल्यास
भदौ ०१, २०७७

ADVERTISEMENT

धनुषा । देशभरका प्रयोगशालामा ११ हजार ५२० नमुना परीक्षण गर्दा पछिल्लो २४ घण्टामा प्रदेश २ मा मात्र १५८ जना कोरोना संक्रमित पुष्टि भएका छन् । 

पर्सामा ७७ जना, बाराका ५९,सर्लाहीका १७  महोत्तरी, २ धनुषा ३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हिजो २०८ जना संक्रमित थिए । मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार बारामा ६९, पर्सामा ६४, धनुषामा ३७, रौतहटमा १४, सप्तरीमा ११, महोत्तरीमा आठ, सिरहामा तीन र सर्लाहीमा दुई जना कोरोना संक्रमित थप भएका थिए ।

एक महिनाको अवधिमा प्रदेश २ मा करिब तीन हजार संक्रमित बढेका छन् । प्रदेश २ सामाजिक विकास मन्त्रालयको तथ्याङ्कअनुसार संक्रमितको सङ्ख्या ६ हजार ९७९ पुगेको छ । पर्सा, रौतहट र महोत्तरीमा ५०० भन्दाबढी सक्रिय संक्रमितको उपचार भइरहेको छ । 
    
मन्त्रालयका अनुसार प्रदेश २ मा संस्थागत आइसोलेशनमा तीन हजार ८६९, होम आइसोलेशनमा ९८ र क्वारेन्टाइनमा एक हजार ६३१ जना रहेका छन् । संक्रमितमध्ये तीन हजार ६१२ जना उपचारपछि निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए । उनका अनुसार उपचारपछि निको भएर घर फर्किकामध्ये सप्तरीका ४४६, सिरहाका २०५, धनुषाका ६८२, महोत्तरीका ३७०, सर्लाहीका ६५२, रौतहटका ७५४, बाराका १८२, पर्साका ३१५ जना छन् । 

प्रदेश २ मा हाल आइसियुमा ४१ जना उपचाररत छन् । प्रदेश २ को आइसोलेशन भरिभराउ भएपछि संक्रमित घरमै बस्न बाध्य छन् । यो प्रदेशमा ९८ जना होम आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवका अनुसार आइसोलेशनको अभावले सप्तरीमा समेत ३१ जनालाई होम आइसोलेशनमा राखिएको र यसले समुदायमा संक्रमण फैलिने खतरा बढेको बताए । उनले जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र सप्तरीले शम्भुनाथ नगरपालिकास्थित भगवतपुर, कठौनामा रहेको माविलाई करिब २०० श्ययाको आइसोलेशन केन्द्र बनाउने तयारी भइरहेको जानकारी दिए । राजविराजस्थित आइसोलेशन केन्द्रमा जनशक्ति अभाव भएपछि संक्रमितलाई व्यवस्थापन गर्न तिलाठी कोइलाडी गाउँपालिकाले आफ्नै तहमा ५० श्ययाको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएको छ ।

दीर्घरोगी कोरोना संक्रमणको पहिलो शिकार बन्ने गरेको पाइएको छ भने भ्यान्टिलेटर नपाउँदा संक्रमितको उपचारमा पनि समस्या देखिएको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा रणजितकुमार झाले चारवटा भेण्टिलेटर भए पनि भौतिक पूर्वाधार र जनशक्तिको अभावमा सञ्चालन हुन नसकेको बताए । रोजगारीमा रहने क्रियाशील जनशक्ति युवा नै बढी संक्रमित रहेको जानकारी दिँदै उनले पछिल्लो समय ज्येष्ठ नागरिक र दीर्घरोगीमा समेत कोरोना संक्रमण बढेको बताए । उनीहरूसँग रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले मृत्युदर बढ्नसक्ने सम्भावना रहेको उनको भनाइ छ । संक्रमण बढेपछि मृत्युदर बढ्नु स्वाभाविक हो, त्यसमाथि प्रतिरोधात्मक क्षमता कम भएका ज्येष्ठ नागरिक र दीर्घरोगी व्यक्तिमा संक्रमण बढ्दै जानु डरलाग्दो हो, डाक्टर झाले बताए ।

प्रदेश २ मा हाल दैनिक साढे एक हजार जनाको स्वाब सङ्कलन भइरहेको छ भने कोरोना परीक्षण ८०० जनाको मात्र भइरहेको छ । जनकपुर, राजविराज र वीरगञ्ज गरी तीन स्थानमा कोरोना परीक्षण प्रयोगशाला राखिएको छ । सबैभन्दा सानो क्षेत्रफल भए पनि दोस्रो ठूलो जनसङ्ख्या भएको प्रदेश २ मा हालसम्म ७६ हजार ५२५ जनाको स्वाब सङ्कलन भएको सामाजिक विकास मन्त्री नवलकिशोर साहले बताए । जसमध्ये आठ हजार ४१४ जनाको परीक्षणको रिपोर्ट आउन बाँकी रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि