बैशाख २७, २०८१, बिहीबार
               

वीरगञ्जमा कोभिड-१९ परीक्षण गराउनेले एकै घन्टामा नतिजा प्राप्त गर्ने

नेपाल फ्ल्यास
भदौ ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । अब वीरगञ्जमा कोरोनाको परीक्षण गराउनेले एकै घन्टामा नतिजा प्राप्त गर्ने भएका छन् । 

एक घन्टामै कोरोना परीक्षण रिपोर्ट दिन सक्ने प्रविधि एक्सपर्ट एक्सप्रेस सार्स कोभिड–२ परीक्षण सुरु भएसँगै वीरगञ्जका कोरोना संक्रमितले यो सुविधा पाउने भएका हुन् । 

नारायणी अस्पतालले जीन एक्सपर्ट प्रविधिबाट स्वाब परीक्षण गर्दा कोरोना संक्रमण भए नभएको जानकारी एक घण्टामा दिन सकिने बताएको छ ।अस्पतालका अनुसार यो प्रविधि  विश्व स्वास्थ्य संगठनबाट मान्यताप्राप्त भएको बताएको छ ।

अस्पतालले जीन एक्सपर्ट प्रविधिबाट एक साता अघिदेखि नै कोरोना परीक्षण भइरहेको बताएको छ ।


कस्तो लाग्यो ?

यो पनि