बैशाख २७, २०८१, बिहीबार
               

भरतपुर अस्पतालका सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीलाई पनि कोरोना संक्रमण

नेपाल फ्ल्यास
साउन ३२, २०७७

ADVERTISEMENT

काठमाडौं । भरतपुर अस्पतालका सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीलाई पनि कोरोना संक्रमण भेटिएको छ । उक्त अस्पतालकाे मुख्य शाखामै रहेर धेरै कोरोना संक्रमित देखि विभिन्न बिरामीलाई उपचारमा खटिरहेका डा. तिवारीसहित ३ वरिष्ठ चिकित्सकमा कोरोना पुष्टि भएको बताइएको छ ।

जानकारी अनुसार गत शनिवार राति गरिएको कोरोना परीक्षणमा सुपरिटेण्डेन्ट डा. तिवारीसहित अस्पतालको स्त्री तथा प्रसूति रोग विभागका प्रमुख प्रा.डा. सुनिलमणि पोखरेल र आकस्मिक कक्षका चिकित्सक डा.कृपा पौडेललाई कोरोना संक्रमण फेला परेको हो । तर, उनीहरु सबैको स्वास्थ्य अवस्था भने सामान्य रहेको भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले बताए ।  
 

यो पनि