बैशाख २७, २०८१, बिहीबार
               

डाक्टर र नर्ससहित चितवनका २७ जनामा कोरोना संक्रमण

नेपाल फ्ल्यास
साउन ३२, २०७७

ADVERTISEMENT

काठमाडौं । एकै दिन डाक्टर र नर्ससहित २७ जनामा कोरोना संक्रमण फेला परेको छ । भरतपुरस्थित अस्पताल कोभिड–१९ प्रयोगशालामा शनिबार राति गरिएको परीक्षणका क्रममा चितवनका २७ जनामा कोरोना संक्रमण फेला परेको उक्त अस्पतालले जनाएको छ । 

संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिकाका मात्रै २१ जना छन् भने भरतपुर अस्पताल, भरतपुर सेन्ट्रल अस्पताल र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट स्वाब संकलन गरी गरिएको परीक्षणमा भरतपुर वडा नं. ३, ४, ६, ७, १०, १२, १५ र २१ का १० जना पुरुष र ११ जना महिलामा कोरोना संक्रमण फेला परेको बताइएको छ ।

यसैगरी पुरुषहरु २६ देखि ५३ वर्ष उमेर समूहका छन् । यस्तै महिलाहरु २२ देखि ३९ वर्ष उमेर समूहका छन् । संक्रमित हुनेमा चिकित्सक र नर्सहरुसमेत रहेको जनाइएको छ । यस्तै, चितवनको रत्ननगरका चार जनामा कोरोना संक्रमण फेला परेको छ । क्वारेन्टाइनमा रहेका रत्ननगर नगरपालिका– ५ र १२ का ३ पुरुष र एक महिलामा संक्रमण देखिएको छ । पुरुषहरु २५, ३२ र ३६ वर्ष उमेर समूहका हुन् भने ३५ वर्षीया महिला रहेकी छन् ।
 


कस्तो लाग्यो ?

यो पनि