बैशाख २७, २०८१, बिहीबार
               

शिक्षण अस्पतालका एकतिहाइ श्यया आइसोलेसनका लागि छुट्याउन अनुरोध

नेपाल फ्ल्यास
साउन ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका शिक्षण अस्पताललाई एक तिहाइ श्यया आइसोलेसनका लागि छुट्याउन अनुरोध गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभरि कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको भन्दै यस्तो आग्रह गरेका हुन् । 

उनले भने, ‘सङ्क्रमित राख्नका लागि अस्पतालले छुट्टै भवन वा कक्ष तोकी स्वीकृत सङ्ख्याको एकतिहाई हुन आउने श्यया सङ्ख्या छुट्याइ उपचारको व्यवस्था तत्कालन मिलाउन अनुरोध छ ।’

 यसका अलवा उनले सभा, सेमिनार गर्न बन्द पनि अनुरोध गरेका छन् । मन्त्रालयले सभा, सेमिनार, आवासीय कार्यक्रम, गोष्ठी नगर्न अनुरोध गरेको छ ।

प्रवक्ता डा गौतमले अर्को सूचना नभएसम्म र मन्त्रालयको पूर्वस्वीकृत नलिइ कुनै पनि सभा÷गोष्ठी नगर्न अनुरोध गरिएको बताए । 

उपचारमा संलग्न स्वास्थ्यकर्मी सङ्क्रमित भएका भन्दै उनीहरुको सेवाको उच्च मूल्याङ्कन गर्नुको साटो दुव्र्यवहारमा भएका घटना सार्वजनिक भएको प्रति आपत्ति जनाउँदै दुव्र्यवहार नगर्न अनुरोध गरिएको हो । प्रवक्ता डा गौतमले दुव्र्यवहार गर्नेमाथि कानूनअनुसार कारवाही गरिने पनि जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि