बैशाख २७, २०८१, बिहीबार
               

अमेरिकाले रूसी भ्याक्सिनको खिल्ली उडायो

नेपाल फ्ल्यास
साउन ३१, २०७७

ADVERTISEMENT

विश्‍वकै पहिलो कोरोना भ्याक्सिन बनाएको दाबी गरेपछि रुसले विश्‍वका अन्य देशलाई सहयोग गर्ने इच्छा देखाइरहेको छ । रुसका अधिकारीले सिएनएनलाई बताएअनुसार कोरोना भाइरसको भ्याक्सिनलाई लिएर अमेरिकाको अपरेशन वार्प स्पिडलाई सहयोग प्रस्ताव गरिएको छ ।

अपरेशन वार्प स्पिड एजेन्सी अमेरिकाले कोरोनाका बिरामीको उपचार र चाँडो भन्दा चाँडो भ्याक्सिन बनाएर मानिससम्म पुर्‍याउनु रहेको थियो । अधिकारीका अनुसार अमेरिकाले रुसबाट कुनै पनि किसिमको स्वास्थ्य सहायता लिन इन्कार गरिदिएको छ ।

रुसका एक वरिष्ठ अधिकारीले सिएनएनलाई भने, 'रुसलाई लिएर अमेरिका सदैव सन्देहास्पद स्थितिमा रहन्छ । मलाई लाग्छ भ्याक्सिन, परीक्षण र उपचार जस्ता प्रविधिमा हाम्रो मद्दत नलिनु पनि त्यही अविश्वासको नतिजा हो।' ह्वाइट हाउसकी प्रेस सचिव कायले म्याकनीले राष्ट्रपति ट्रम्पलाई रुसको भ्याक्सिनबारेमा जानकारी दिइएको छ। म्याकनीले अमेरिकी भ्याक्सिन तेस्रो चरणको कठिन परीक्षण र उच्च मानकबाट गुज्रनुपर्ने हुन्छ। एक अन्य अमेरिकी अधिकारीले सिएनएनलाई बताए अनुसार अमेरिकाले रुसको आधा-अधुरो भ्याक्सिनलाई कहिले पनि गम्भीरतापूर्वक लिएन।

अमेरिकाका सार्वजनिक स्वास्थ्य अधिकारीले भने, 'रुसले जुन भ्याक्सिन बनाएको छ, त्यसको प्रयोग हामी केबल बाँदरमा मात्रै गर्छौं।' अर्कातिर रुसका अधिकारीहरुले आफ्नो भ्याक्सिनबारे विश्‍वलाई जानकारी दिन तयार रहेको जनाएको छ। यसलाई अमेरिकी औषधि कम्पनी आफ्नो देशमा पनि रुसको भ्याक्सिन बनाउन सक्ने जनाएको छ। 

यस भ्याक्सिनमाथि रुसले धेरै कम काम गरेको छ। मानवीय परीक्षण पनि एकदमै थोरैमाथि गरिएको छ। यसले यो भ्याक्सिन धेरै मानिसमाथि सफल हुन्छ भन्‍ने टुंगो छैन। यो विवरण पूरै असुरक्षित र अपर्याप्त छ।' अमेरिकी प्रशासनका एक अन्य वरिष्ठ अधिकारीले रुसको भ्याक्सिनलाई मजाक बताउँदै उसले आफ्नो तेस्रो चरणको ट्रायल पूरा नगरेको जनाएको छ । यसैले न त विश्व स्वास्थ्य संगठन र न नै अमेरिकाले यसलाई गम्भीरतापूर्वक लिएका छन् ।

रुसको भ्याक्सिनको तुलनामा अमेरिकालाई चीनको भ्याक्सिनमा धेरै विश्‍वास छ । अमेरिकी सरकारका सल्लाहकारले भने, 'भ्याक्सिनको दौडमा चीन जीतको सबैभन्दा नजिक छ । भ्याक्सिनको परीक्षणलाई लिएर चीन ज्यादा गम्भीर छ र चीनले यो जिम्मेवारीमा चीन खरो उत्रिएको छ।'
 


कस्तो लाग्यो ?

यो पनि