बैशाख २६, २०८१, बुधबार
               

उच्च अदालतका खरिदारसहित २३ जनामा कोरोना संक्रमण

नेपाल फ्ल्यास
साउन ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । उच्च अदालतका खरिदारसहित २३ जनामा कोरोना संक्रमण भएको छ । वीरगञ्जको नारायणी अस्पताल प्रयोगशालमा गरिएको परीक्षणमा उच्च अदालतका खरिदारसहित २३ जनामा कोरोना संक्रमण भएको उक्त अस्पतालले जनाएको छ ।

नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायका अनुसार १६ जना पुरूष र ७ जना महिला  कोरोना संक्रमित पुष्टि भएको हो । प्रयोगशालमा गरिएको परीक्षणमा कोरोना संक्रमण हुनेहरुमा बारा जिल्लाका २ जना र पर्सा जिल्लाका २१ जना सहित थप २३ जनामा कोरोना संक्रमण भएको छ ।

यस्तै, वीरगञ्ज महानगरपालिकाको नारायणी अस्पतालमा गरिएको कन्ट्याक्ट ट्रेसिङमा परेका सबैभन्दा बढी संक्रमित भेटिएको छ । संक्रमितहरु हुनेहरुमा अच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्ज सरकारी वकिल कार्यालयको २८ वर्षीय एक जना खरिदार रहेको बताइएको छ । 


कस्तो लाग्यो ?

यो पनि