जेठ ०७, २०८१, सोमबार
               

स्क्रब टाइफस रोगबाट १४ वर्षीया किशोरीको मुत्यु

नेपाल फ्ल्यास
साउन २९, २०७७

ADVERTISEMENT

बैतडी । स्क्रब टाइफस रोगबाट बैतडीकी एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–३ श्रीकोटकी १४ वर्षीया पुजा जोशी रहेकी छन् । पूजाको बुधबार उपचारका लागि कोहलपुर मेडिकल कलेज लग्दैगर्दा बाटोमै मृत्यु भएको हो । 

स्क्रब टाइफसबाट संक्रमित किशोरीलाई बैतडीबाट डडेल्धुरा अस्पताल हुँदै मङ्गलबार धनगढीको सारथीअस्पताल पुर्याइएको थियो ।

त्यहाँ पनि उपचार हुन नसकेपछि थप उपचारका लागि कोहलपुर लग्दैगर्दा बुधबार अपराह्न चिसापानीमा बालिकाको मृत्यु भएको पूजाका फुपाजु शंकरदत्त भट्टले बताए । मृतक पूजाका बुबा रोजगारीको सिलसिलामा विदेश रहेका छन् । उनलाई उपचारका लागि आमा र हजुरबुबाले धनगढी पुर्याएका थिए ।


कस्तो लाग्यो ?

यो पनि