काठमाडौं । कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमार्फत पुष्टि गरेकाे छ ।
बुधबार मन्त्रालयमा नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाका कारण मृत्यु हुनेको संख्यामा ८ जना थप भएको पुष्टि गरेका हुन् ।
योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ९१ पुगेको छ । आज धार्दिङ, काठमाडौं, धनुषा, सप्तरी, मोरङ, कपिलवस्तु र बाराका गरी ८ जनाको मृत्यु भएको हो ।