जेठ ०७, २०८१, सोमबार
               

हालसम्म १८३ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

नेपाल फ्ल्यास
साउन २७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा हालसम्म १८३ जनास्वास्थ्यकर्मी काेरोना संक्रमित भएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिलेसम्म ६० जना महिला र १२३ जना पुरुष गरी १८३ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको हाे । 

मन्त्रालयका अनुसार प्रदेश १ मा ८ जना, प्रदेश २ मा ७८ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएकाे छ । बागमती प्रदेशमा १६ जना, गण्डकी प्रदेशमा २० स्वास्थ्यकर्मी, सुदूरपश्चिम प्रदेशमा २७ जना, कर्णाली प्रदेशमा २२ जनामा र  प्रदेश ५ मा १२ जना र स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । 

मन्त्रालयले मंगलबार दिएको अपडेट अनुसार नेपालमा कूल संक्रमितको संख्या २३ हजार ९४८  पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि