जेठ ०७, २०८१, सोमबार
               

कोरोनाकाे कारण मृत्यु हुनेकाे संख्या ८३ पुग्यो

नेपाल फ्ल्यास
साउन २७, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमार्फत  पुष्टि गरेकाे छ । 

मंगलवार मन्त्रालयमा नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाका कारण मृत्यु हुनेको संख्यामा ४ जना थप भएको पुष्टि गरेका हुन् । 

 योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ८३ पुगेको छ । 

डा गौतमका अनुसार काठमाडौंको किष्ट मेडिकल कलेजमा उपचाररत काभ्रे पाँचखालकी ५० वर्षीया महिलाको कोरोनाले मृत्यु भएको पुष्टि भएको छ ।

धनुषा मिथिला बिहारीका ५० वर्षीय एक पुरुषको निधन भएको छ । सिन्धुपाल्चोक बाह्रबिसेका  एक पुरुषको मृत्यु भएको छ ।

यसैगरी प्रादेशिक अस्पताल जनकपुरधाममा उपचाररत ६० वर्षे पुरुषको पनि कोरोनाले मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि