जेठ ०७, २०८१, सोमबार
               

बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानको ओपिडी सेवा बुधबारदेखि बन्द

नेपाल फ्ल्यास
साउन २७, २०७७

ADVERTISEMENT

सुनसरी । धरानस्थित बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानको ओपिडी सेवा बन्द हुने भएको छ ।

अस्पताल परिसरभित्र कोरोना फैलिरहेकाले बुधबारदेखि प्रतिष्ठानको ओपिडी सेवा बन्द हुने प्रतिष्ठानले जनाएकाे छ । 

धरान उपमहानगरपालिकाले नगरक्षेत्र ७ दिन सम्मका लागि पूर्ण रुपमा बन्द गरेकोले ओपिडी पनि बन्द गरिएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानले जारी गरेकाे सूचनामा भनिएको छ, 'प्रतिष्ठान परिसरमा संक्रमण फैलिएको र अझ बढी फैलन नदिन तथा रोकथाम नियन्त्रणका लागि ओपिडी सेवा बन्द गरिएको छ ।'

अर्को सूचना जारी नगर्दासम्मका लागि बन्द गरिएको जानकारी गराएकाे छ । प्रतिष्ठानका प्रवक्ताका डा. दिनेश सापकोटाका अनुसार हालसम्म २ जना विद्यार्थी, ३ चिकित्सक र चिकित्सकका परिवारसहित ११ जनामा कोरोना पोजिटिभ देखिएको छ ।

यो पनि