जेठ ०७, २०८१, सोमबार
               

ट्रमा सेन्टरका स्वास्थ्यकर्मीमा कोरोना लागेपछि ४० कर्मचारी क्वारेन्टाइनमा

नेपाल फ्ल्यास
साउन २६, २०७७

ADVERTISEMENT

काठमाडौं- राष्ट्रिय ट्रमा सेन्टरमा कार्यारत एकजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका निर्देशक सन्तोष पौडेलले एकजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । डा. पौडेलका अनुसार अस्पतालमा कार्यरत हेल्थ असिस्टेन्टमा कोरोना पुष्टि भएको हो ।

संक्रमित कर्मचारी ४३ वर्षका पुरुष हुन् । अस्पतालको स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि अस्पतालमा कार्यारत ४० जनालाई क्वारेन्टाइनमा राख्न लागिएको डा पौडेलले खबरहबलाई बताए ।

‘हाम्रो अस्पतालका एकजना ४३ वर्षका पुरुष स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भयो,’ डा पौडेलले भने, ‘उहाँ हेल्थ असिस्टेन्ट हुन्, उहाँमा कोरोना पुष्टि भएपछि अस्पतालका ४० जना कर्मचारीलाई क्वारेन्टाइनमा राख्दै छौं ।’


कस्तो लाग्यो ?

यो पनि