जेठ ०७, २०८१, सोमबार
               

भारतका पूर्वराष्ट्रपति मुखर्जीलाई कोरोना संक्रमण

एजेन्सी
साउन २६, २०७७

ADVERTISEMENT

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना भाइरस संक्रमण भएको छ।

कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको मुखर्जीले ट्वीटमार्फत् जानकारी दिएका छन् ।

उनले ट्वीटमा लेखेका छन्, ‘आज अर्को छुट्टै प्रक्रियाका लागि अस्पताल जाँदा मलाई कोभिड (१९) पुष्टि भएको छ । मेरो सम्पर्कमा आउनु भएका सबैलाई सेल्फ आइसोलेट भएर बस्न र परीक्षण गर्न अनुरोध गर्दछु।’

यसअघि भारतमा गृहमन्त्री अमित शाह, बलिउड कलाकार अमिताभ बच्चन लगायतलाई कोरोना संक्रमण पुष्टि भइसकेको छ।


कस्तो लाग्यो ?

यो पनि