जेठ ०७, २०८१, सोमबार
               

नोबेल मेडिकल कलेजका दुई स्वास्थ्यकर्मीमा कोरोना

नेपाल फ्ल्यास
साउन २६, २०७७

ADVERTISEMENT

मोरङ । विराटनगरको नोबेल मेडिकल कलेजमा थप दुईजना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएकाे छ ।

 कलेजका प्रबन्धक नारायण दाहालका अनुसार सोमबार एकजना डाक्टर र एकजना नर्सको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

यससँगै नोबेल मेडिकल कलेजमा कोरोना संक्रमित स्वास्थ्यकर्मीको संख्या ४ पुगेको छ । शनिबार नोबेलका दुईजना चिकित्सकमा कोरोना संक्रमण देखिएको थियो ।

कोरोना संक्रमित चिकित्सकलाई अस्पतालले आफ्नै आइसोलेसनमा राखेको दाहालले जानकारी दिए ।

 


कस्तो लाग्यो ?

यो पनि