मंसिर ०७, २०८१, शुक्रबार
               

प्रधानमन्त्रीको पनि स्वाब संकलन

नेपाल फ्ल्यास
साउन २३, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको  स्वाब संकलन गरिएको छ । 

नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहालका सहयोगी, संसदका कर्मचारी र अख्तियारका कर्मचारीमा कोरोना संक्रमण देखिरहेका बेला प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको पनि स्वाब संकलन गरिएको हो । 

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । 

उनका अनुसार  प्रधानमन्त्री र उनीसँग नियमित सम्पर्क भइरहनेहरुको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको छ । 

यसअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारका सुरक्षाकर्मीको गत सोमबार स्वाब संकलन गरिएको थियो ।

कोरोना संक्रमित प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले काठमाडौंबाट फर्कनुअघि प्रधानमन्त्री केपी शर्मा ओली गृहमन्त्री रामबहादुर थापा, प्रहरी महानिरीक्षक र कानुन मन्त्रीसँग भेटघाट गरेका थिए । 

उनी काठमाडौंबाट फर्केसँगै उनमा कोरोना संक्रमण भएको छ । हाल उनी आइसोलेसनमा छन् । 

तर यादव कहाँ संक्रमित भए भन्नेचाहिँ अहिलेसम्म खुलेको छैन । 

उनी काठमाडौंमा रहँदा संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रस्ताव पारित गर्न प्रहरी समायोजनसम्बन्धी समन्वय समितिको बैठकमा पनि सहभागी थिए । 

 सो बैठकमा उनीसहित सातै प्रदेशका आन्तरिक मामिला मन्त्रीहरु सहभागी थिए ।


कस्तो लाग्यो ?

यो पनि