मंसिर ०७, २०८१, शुक्रबार
               

रुपन्देही देवदहमा एक बैंकमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि

नेपाल फ्ल्यास
साउन २०, २०७७

ADVERTISEMENT

काठमाडौं । रुपन्देहीको देवदहमा रहेको एक बैंकमा कार्यरत महिला कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । 

बैंककी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि उक्त बैंकको शाखा कार्यालय बन्द गरी कन्ट्याक्ट ट्रेसिङको काम सुरु गरिएको देवदह नगरपालिकाका स्वास्थ्य शाखाले बताएको छ । 

कोरोना संक्रमित कर्मचारीलाई पाँच दिनदेखि रुघा र ज्वरो आएपछि उनी आफैँ सोमबार लुम्बिनी प्रादेशिक अस्पतालमा गएर कोरोना परीक्षण गरेकी थिइन् । 


कस्तो लाग्यो ?

यो पनि