मंसिर ०७, २०८१, शुक्रबार
               

काठमाडौं कोरोना कहरकाे राजधानी !

नेपाल फ्ल्यास
साउन २०, २०७७

सांकेतिक
ADVERTISEMENT

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोनाभाइरस संक्रमणकाे  संख्या पछिल्लाे समय ह्वात्तै बढेकाे छ ।

लकडाउन कामय रहदासम्म काठमाडौंमा औसत दैनिक ४ जनाका दरले संक्रमितकाे सँख्या बढ्थ्यो । तर लकडाउन खुलेसँगै काठमाडौंमा कोरोना संक्रमितकाे सँख्या औसत दैनिक करिब ६ गुणाले बढेकाे छ । 

लकडनउन सुरु भएकाे मिति चैत ११ गतेदेखि साउन ९ गतेसम्म अर्थात १२३ दिनमा काठमाडौंकाे ३ जिल्लामा ४०९ जना मात्र संक्रिमत थिए ।  तर साउन १० गतेदेखि आजमा ३१८ जना संक्रमित थप भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । 

मंगलबारकाे तथ्यांक अनुसार काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६२ जना कोरोना संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६२ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।

मंगलबार काठमाडौंका ४८ जना, ललितपुरका १ जना र भक्तपुरका १३ जना गरी ६२ जनामा संक्रमण देखिएकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

यो सँगै अब काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ७२७ पुगेको छ । जसमा काठमाडौंमा ५४१ जना, ललितपुरमा १०९ जना र भक्तपुरमा ७७ जना छन्  ।

यस्तै हाल देशभरका क्वारेन्टाइनमा रहनेकाे संख्या १० हजार ४५२ जना छन् भने मृत्यु हुनेकाे संख्या ५८ पुगेकाे छ । 


कस्तो लाग्यो ?

यो पनि