रौतहट । रुघाखोकी ज्वरोका कारण एकजना वडाध्यक्षको मृत्यु भएको हो । भारतीय सिमानासँग जोडिएको रौतहट इशनाथ नगरपालिका –५ का वडाध्यक्ष ५५ वर्षीय देवेन्द्र ठाकुरको मृत्यु भएको छ ।
दुई सातादेखि उनलाई रुधाखोकी र ज्वारो आएको थियो । बिरामी परेका वडाध्यक्ष ठाकुरलाई श्वास फेर्न समस्या भएपछि उपचारको लागि सदरमुकाम गौरस्थित रौतटह नर्सिङ होममा लैजादै गर्दा सोमबार बिहान बाटोमै उनको मृत्यु भएको उनका दाइ डाक्टर रामशंकर ठाकुरले जानकारी दिए । डाक्टर ठाकुर रौतहट नर्सिङ होमका सञ्चालक हुन् ।
उनलाई कोरोना संक्रमण भएको हुनसक्ने आशंका गरिएको छ। तीन दिन अघि उनको आरडिटी चेक गर्दा नतिजा भने नेगेटिभ आएको थियो । मृतक वडाअध्यक्ष ठाकुरको शव ईशनाथ–५ जटहारा गाउँ घरमै राखिएको छ ।
पिसिआर जाचको लागि जिल्ला जन स्वास्थ्य कार्यालयमा जानकारी गराइसकेको मृतकका दाइ जिल्ला अस्पताल गौरका पूर्व मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रामशंकर ठाकुरले जानकारी दिएका छन् । मृतकको थ्रोटस्वाव संकलनपछि मात्रै अन्त्येष्टि गरिने डाक्टर ठाकुरले बताए ।