काठमाडौं । विश्वभर महामारीका रुपले फैलिएको कोरोना भाइरस पछिल्लो समय नेपालमा पनि तीव्ररुप लिँदै थप प्रहरी र पत्रकारसहित ७३ जनामा पुष्टि भएको छ ।
वीरगञ्जस्थित नारायणी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा सेना, प्रहरी र पत्रकारसहित थप ७३ जनामा संक्रमण पुष्टि भएको उक्त अस्पतालले जनाएको छ । कोरोना संक्रमित हुनेहरुमा ६१ जना पुरुष र १२ जना महिला रहेको अस्पतालले उल्लेख गरेको छ ।
संक्रमित हुनेमा प्रहरीका दुई जना, सेनाका एक जना, पत्रकार एक जना, वीरगञ्ज महानगरपालिकाका विभिन्न वडाका पाँच जना, बारा जिल्लाका पाँच जना र भारतीय नागरिक एक जना छन् । योसँगै पर्सामा संक्रमितको संख्या ५ सय ८० पुगेको बताइएको छ ।