बैशाख १८, २०८१, मंगलबार
               

१२ वर्ष मुनिका र ६० वर्ष माथिका व्यक्ति बाहिर ननिस्किनू

नेपाल फ्ल्यास
साउन १८, २०७७

ADVERTISEMENT

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ वर्ष मुनिका बालबालिका र ६० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरबाट बाहिर ननिस्किन आग्रह गरेको छ । 

कोरोना भाइरस संक्रमणको जोखिम बढी हुने उमेर भएकाे भन्दै मन्त्रालयले सकेसम्म बाहिर ननिस्किन आग्रह गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले भने-'अत्यावश्यक कामबाहेक बाहिर ननिस्किनू' 

१२ वर्ष मुनिका बालबालिका र ६० वर्ष उमेर ज्येष्ठ नागरिकमा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले उनीहरू जोखिम समूह पर्ने चिकित्सकहरू बताउछन् । 


कस्तो लाग्यो ?

यो पनि