पर्सा । वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीको परिवारका २ जनासहित पर्सामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
१४ जना महिला र ३१ जना पुरूष संक्रमित भएका छन् ।
संक्रमित सबै पर्साका रहेका छन् भने वीरगञ्जका ४३ जना, सखुवा प्रसौनी गाउँपालिका र निर्मलबस्तीका एक–एक जनामा संक्रमण पुष्टि भएको छ ।