काठमाडौं । नेपालमा कोरोना संक्रमण बढिरहेको बेला फेरि पर्सामा एक सांसदसहित थप ६४ जनामा कोरोना पुष्टि भएको छ ।
प्रतिनिधिसभा सदस्य प्रदीप यादवसहित पर्सामा थप ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको नारायणी अस्पतालको प्रयोगशालाले जनाएको छ ।
उक्त प्रयोगशालामा गरिएको परीक्षणमा १५ देखि ६८ वर्ष उमेर समूहका ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।