काठमाडौं । शहरी विकास मन्त्रालयका सचिवमा कोरोनाको लक्षण देखिएपछि सांसदको विकास तथा प्रविधि समितिको बैठक स्थगित गरिएको छ ।
सो मन्त्रालयका सचिव मधुसूदन अधिकारीलाई कोरोना शंका संक्रमण देखिएपछि संसदको विकास तथा प्रविधि समितिको बैठक स्थगित गरिएको हो । शुक्रबार स्थगित सो बैठक आइतबारबा लागि बोलाइएको छ ।
शहरी विकास मन्त्रालयका कर्मचारीले सचिव अधिकारीलाई कोरोना संक्रमण भएको भन्ने सुन्नमा आएको बताएसँगै सचिव अधिकारीको स्वाव संकलनको तयारी भएको बताइएको छ ।