जेठ ०८, २०८१, मंगलबार
               

स्वास्थ्यकर्मीसहित थप ४१ जनामा कोरोना पुष्टि

नेपाल फ्ल्यास
साउन १६, २०७७

ADVERTISEMENT

वीरगन्ज । वीरगन्जस्थित नारायणी अस्पतालका स्वास्थ्यकर्मी र अस्पतालका सफाइकर्मीसहित थप ४१ जनामा कारोना संक्रमण पुष्टि भएको छ । 

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बिहीबार राती पर्साका थप ४१ जनामा कारोना संक्रमण पुष्टि भएको अस्पतालका मेसु डाक्टर मदन उपाध्यायउले जानकारी दिए ।

उनका अनुसार, बिहीबार राती संक्रमण पुष्टि भएका पर्साका ४१ जनामध्ये नारायणी अस्पतालका २ जना चिकित्सक, २ जना स्टाफ नर्स र १ जना सफाइकर्मी तथा नेशनल मेडिकल कलेजका १ जना चिकित्सक हुन् ।

पर्साको धोबीनी गाउँपालिका २ जना, पोखरीया नगरपालिकाका १ जना र बहुदरमाइ नगरपालिका १ जनामा पनि संक्रमण पुष्टि भएको छ ।  यस्तै अरु सबै कन्टयाक्ट ट्रेसिङमा परेका र स्वचेच्छाले पैसा तिरेर पीसीआर परीक्षण गराएका वीरगन्जका उद्योगी,व्यपारी र सर्वसाधरण नागरिक रहेका छन् । 

बिहीबार राती ४१ जना संक्रमित थपिएसँगै पर्सामा कुल संक्रमितको संख्या ३ सय ९७ पुगेको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ । यसअघि बुधबार पनि पर्सामै एकै दिन ८४ जनामा संक्रमण भेटिएको थियो । 


कस्तो लाग्यो ?

यो पनि