जेठ ०९, २०८१, बुधबार
               

काठमाडौं उपत्यकामा थप ४५ जना संक्रमित, कुल संक्रमित पाँच सय नाघ्यो

नेपाल फ्ल्यास
साउन १५, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४५ जना कोरोना संक्रमित थप भएका छन् । 

बिहीबार देशभर २७४ जना संक्रमित हुँदा काठमाडौं उपत्यकामा ४५ जना संक्रमित हुनु औसतमा धेरै हाे । काठमाडौंका ४१ जना र भक्तपुरका २ जना र ललितपुरका २ जना गरी ४५ जनामा संक्रमण देखिएकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

पछिल्लो तथ्यांक अनुसार काठमाडौं उपत्यकाभित्र शनिबार ३ जना, आइतबार ८ जना, साेमबार ६ जना, मंगलबार ५३ र बुधबार १५ जना काेराेना संक्रमित थपिएका मन्त्रालयले जनाएकाे छ । 

यो सँगै अब काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ५६३ पुगेको छ । जसमा काठमाडौंमा ३९१ जना, ललितपुरमा ९२ र भक्तपुरमा ५३ जना रहेका छन्  ।


कस्तो लाग्यो ?

यो पनि