जेठ ०९, २०८१, बुधबार
               

स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि कोसी अस्पताल सिल

नेपाल फ्ल्यास
साउन १५, २०७७

ADVERTISEMENT

विराटनगर । कोसी अस्पतालमा कार्यरत ४ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि ओपिडी विभागलाई पूरै स्यानिटाइज गर्नुपर्ने भएकोले अर्को सूचना नआएसम्मका लागि सेवा बन्द गर्ने कोसी अस्पतालले जनाएको छ ।

संक्रमितमध्ये एक जना चिकित्सक पनि छन् । सरकारी क्षेत्रबाट सञ्चालित कोसी अस्पतालमा दैनिक सात सयदेखि एक हजार जना बिरामीले उपचार गराउँदै आएको थियो ।   

कार्यरत स्वास्थ्यकर्मीमा संक्रमण भएपछि  कोसी अस्पतालले प्रसूति विभागको  ‘पोष्ट वार्ड’ पनि सिल गरेको छ ।
 


कस्तो लाग्यो ?

यो पनि