काठमाडौं । देशको प्रमुख प्रशासकीय केन्द्रस्थल सिंहदरबारभित्रका कर्मचारीको कोरोनाभाइरस परीक्षणका लागि स्वाब संकलन सुरू गरिएको छ।
काठमाडौंमा भाइसर फैलिएपछि सिंहदरबारभित्रका कर्मचारीको नमूना स्वाब संकलन गरी बुधबारदेखि पिसिआर परीक्षण सुरू गरिएको हो ।
काठमाडौं उपत्यकाभित्र मंगलबार ५३ जनामा कोरोना पोजेटिभ देखिएको थियो। तीमध्ये २३ जना प्रहरी रहेका छन् ।
विभिन्न मन्त्रालयमा कार्यरत कर्मचारी, सुरक्षाकर्मी, सवारी चालक र बाहिरी मान्छेको सम्पर्कमा रहने करिब सात सय कर्मचारीको स्वाब संकलन गरी पिसिआर परीक्षण गर्न लागिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले जानकारी दिए।
‘परीक्षणपछि उपत्यकाभित्रको अवस्था के छ भन्नेबारे आँकलन गर्न सजिलो हुने’ उनले बताए ।