काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १५ जना कोरोना संक्रमित थप भएका छन् ।
बुधबार देशभर २१० जना संक्रमित हुँदा काठमाडौं उपत्यकामा १५ जना संक्रमित हुनु औसतमा धेरै हाे । मंगलबारको तुलनामा न्यून देखिए पनि आजको उपत्यकाभित्रका संक्रमितकाे दर ७ प्रतिशत हुन आउँछ । काठमाडौंका १४ जना र भक्तपुरका १ गरी १५ जनामा संक्रमण देखिएकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो तथ्यांक अनुसार काठमाडौं उपत्यकाभित्र शनिबार ३ जना, आइतबार ८ जना, साेमबार ६ जना र मंगलबार ५३ जना काेराेना संक्रमित थपिएका मन्त्रालयले जनाएकाे छ ।
यो सँगै अब काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ४९१ पुगेको छ । जसमा काठमाडौंमा ३५० जना, ललितपुरमा ९० र भक्तपुरमा ५१ जना रहेका छन् ।